कैलालीको धनगढीमा जारी सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) को मंगलबार भएको दोस्रो खेलमा काठमाडौं गोल्डेन्सले कञ्चनपुर आइकोनिकलाई २४ रनले पराजित गरेर पहिलो जीत दर्ता गरेको छ ।
कञ्चनपुर आइकोनिकले भने दोस्रो हार बेहोर्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं गोल्डेन्सले ७ विकेट गुमाइ १४७ रन बनाएको थियो । कञ्चनपुर आइकोनिकले ९ विकेट गुमाएर १२३ रन मात्र बनाउन सफल भयो ।
(फोटो: कान्तिपुर )