अमेरिका पुगे सुवास खकुरेल

काठमाडौं (खेलदैनिक) । अनुभवी ब्याट्सम्यान तथा विकेटकिपर सुवास खकुरेल ट्राई सिरिजका लागि अमेरिका पुगेका छन् । नेपालले आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तरगत अमेरिकामा घरेलु टोलीसहित ओमान सम्मिलित ट्राई सिरिज खेल्ने कार्यक्रम ।

उक्त सिरिज बुधबारदेखि अमेरिकामा शुरु हुँदैछ । नेपालले आफ्नो पहिलो खेल बिहीबार ओमानसँग खेल्दैछ । सिरिजका लागि ओमान पुगेको नेपाली टोलीको दुई मूख्य सदस्य आशिफ शेख र कुशल भुर्तेल चोटिल बनेपछि खकुरेललाई टिममा बोलाइएको हो ।

नेपाल क्रिकेट संघका अनुसार चोटिल दुई खेलाडी शेख र भुर्तेलले ओमान विरुद्धको पहिलो म्याच खेल्न नसक्ने निश्चित भईसकेको छ । शेख टोलीको नियमित विकेटकिपर पनि हुन् । यो अवस्थामा शेख कै स्थान परिपूर्ति गर्न पनि खकुरेललाई ीटममा बोलाइएको हो ।

लामो समयदेखि राष्ट्रिय टोलीबाट बाहिर रहेका खकुरेलले हालै काठमाडौंमा भएको केही अभ्यास खेलहरुमा सन्तोषजन प्रदर्शन गरेपछि उनलाई टिममा बोलाइएको क्यानले जानकारी दियो ।


प्रतिक्रिया दिनुहोस

Loading...