
काठमाडौं (खेलदैनिक) । मलेसियामा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसियाली छनौटतर्फ नेपालले आफ्नो दोस्रो खेलमा लज्जाजनक हार बेहोरेको छ ।
शुक्रबार मात्र कतारमाथि उत्कृष्ट जित निकालेको नेपालले शनिबार युएईसँग १० विकेटले पराजित हुन पुग्यो । टस जित्दै पहिले ब्याटिङ रोजेको नेपालले निकौ खराब प्रदर्शन गर्दै ८.१ ओभरमा ८ रन बनाएर अलआउट भएको थियो । नेपालका ६ खेलाडी शुन्य रनमा आउट भए ।
जवाफी लक्ष्य पछ्याएको यूएईले १.१ ओभरमा ९ रन बनाएर फराकिलो जित हात पारेको थियो । नेपालले आफ्नो आगामी खेल सोमबार भुटानसँग खेल्नेछ ।