शंकरदेव र नेपाल कमर्स क्याम्पस फाइनलमा

स्पोन्सर युनिभर्सिटी कप क्रिकेट प्रतियोगिताको फाइनलमा शंकरदेव क्याम्पस र नेपाल कमर्स क्याम्पस प्रबेश गरेका छन् ।

आज त्रिवि क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा शंकरदेवले त्रिभुवन विश्वविद्यालयलाई २२ रनले पराजित गरेको छ भने दोस्रो सेमिफाइनलमा नेपाल कमर्स क्याम्पसले गोल्डेन गेट कलेजलाई ६ विकेटले हरायो ।

उपाधिकालागि मंगलवार शंकरदेव क्याम्पस र नेपाल कमर्स क्याम्पस भिड्ने छन् ।

युनिभर्सिटी क्रिकेट क्लबको आयोजनामा भएको टि–२० क्रिकेट प्रतियोगितालाई स्पोन्सर स्पोर्टस ड्रिन्कले प्रायोजन गरेको छ ।

उपत्यकाका १६ कलेज टिमहरुले सहभागिता जनाएको प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने ५ तथा उदीयमान ३ खेलाडीलाई ग्रेट हिमालय क्रिकेट एकेडेमीले एक वर्षसम्म निःशुल्क प्रशिक्षण र प्रतियोगिताहरुमा खेलाउने आयोजक युनिभर्सिटी क्रिकेट क्लबले बताइएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...