कञ्चनपुर आइकोनिक १४ रनले पराजित

कैलालीको धनगढीमा जारी सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) को दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्सले कञ्चनपुर आइकोनिकलाई १४ रनले पराजित गर्‍यो ।

एसएसपी खेल मैदानमा टस जितेको रुपन्देही च्यालेन्जर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रन बनाउन सफल भयो । टोलीका ओपनर हरिशंकर साहले ३३ रन बनाए । जवाफमा कञ्चनपुर आइकोनिकले ९ विकेट गुमाइ १ सय १३१ रन मात्रै बनाउन सक्यो ।

रुपन्देही च्यालेन्जर्सका साह आलम र कृष्ण कार्कीले ३/३ तथा कप्तान शक्ति गौचनले २ विकेट लिए ।
(क्रिकेटिङ नेपाल )


प्रतिक्रिया दिनुहोस

Loading...