सिरिज गुमाए पनि नेपालको सुखद समापन

काठमाडौं (खेलदैनिक) । युगाण्डा महिला क्रिकेट टोली विरुद्धको अन्तर्राष्ट्रिय टि–२० सिरिजमा नेपालले सुखद समापन गरेको छ । शनिबार भएको अन्तिम तथा पाँचौं अन्तर्राष्ट्रिय टि–२० म्याचमा नेपालले युगाण्डालाई ३३ रनले हराउँदै जित निकाल्यो र सिरिजको सुखद समापन गर्यो ।

यद्यपि शुरुवाती तीन खेलमा लगातार हार बेहोरेको नेपालले पछिल्ला दुई खेलहरुमा लगातार जित निकाले पनि पाँच म्याचको सिरिज ३–२ ले गुमाउन पुग्यो ।

किर्तिपुर मैदानमा टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारिभ २० ओभरमा ५ विकेट गुमाएर १२३ रनको योगफल तयार पारेको थियो । नेपालका लागि प्लेयर अफ द म्याच समेत घोषित ओपनर ज्योति पाण्डेले ४९ रनको योगदान दिईन र अर्धशतक बनाउनबाट १ रनले चुकिन ।

त्यसबाहेक अकी ओपनर सीता राना मगरले १७ रनको योगदान दिंदा कविता जोशी १८ रनमा नटआउट रहिन् । उता जवाफी लक्ष्य पछ्याएको युगाण्डाले भने निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । पाहुना टोलीका लागि रीता मुसामलीले २६ रन बनाउनुबाहेक अन्य खेलाडीहरुले गतिलो योगदान दिन सकेनन् ।

प्रतियोगिताभरि कुल १०३ रन बटुलेकी युगाण्डाकी जेनेट एमबाबाजीले प्लेयर अफ द सिरिजको पुरस्कार हात पारिन् ।

(तस्विरः क्यान)


प्रतिक्रिया दिनुहोस

Loading...