डीपीएलको पहिलो खेलमा सीवाइसी अत्तरिया विजयी

सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) को पहिलो खेलमा सीवाइसी अत्तरियाले काठमाडौं गोल्डेन्सलाई ४० रनले पारजित गरेको छ ।

टस हारेर पहिले व्याटिङ गरेको सीवाइसी अत्तरियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाइ १४६ रन बनाएको थियो ।

जबाफमा काठमाडौं गोल्डेन्स १८.४ ओभरमा १०६ रनमा अल आउट भयो । एसएसपी कार्यालय मैदानमा सीवाइसी अत्तरियाबाट अविनाश बोहराले ४ र विनोद लामाले ३ विकेट लिए ।

फोटो: कान्तिपुर


प्रतिक्रिया दिनुहोस

Loading...