युवा ब्याटसम्यान रोहित बने उपकप्तान

काठमाडौं (खेलदैनिक) । पछिल्लो केही समयदेखि रिक्त रहेको नेपाली सिनियर पुरुष क्रिकेट टोलीको उपकप्तानको जिम्मेवारी युवा ब्याटसम्यान रोहित कुमार पौडेलले दिइएको छ ।

केही महिना अघिसम्म विवादका कारण रिक्त रहेको कप्तान र उपकप्तानको पदमध्ये कप्तानीमा सन्दिप लामिछाने चुनिएका थिए भने उपकप्तानी पद खाली थियो । क्रिकेट एसोसिएशन नेपाल (क्यान) ले बिहीबार रोहितलाई उपकप्तानको जिम्मेवारी दिएको हो ।

नेपालले आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तरगत आउँदो जुन ६ देखि १६ तारीखसम्म अमेरिकामा सिरिज खेल्दैछ । जसमा आयोजक अमेरिका र नेपालसँगै ओमानले प्रतिस्पर्धा गर्ने तय भईसकेको छ ।

त्यस्तै जुलाई दोस्रो सातादेखि नेपालले स्कटल्याण्डमा अर्को सिरिज खेल्ने कार्यक्रम छ । जसमा आयोजक स्कटल्याण्ड र नेपालसहित नामिबियाले प्रतिस्पर्धा गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...