सिरिजमा फर्कने नेपालको सपना समाप्त

काठमाडौं (खेलदैनिक) । युगाण्डा महिला क्रिकेट टोली विरुद्ध जारी अन्तर्राष्ट्रिय टि–२० सिरिजमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । साथै य ो हारसँगै नेपालले पाँच म्याचको सिरिज २ खेल अगावै गुमाउन पुगेको छ ।

बिहीबार भएको तेस्रो अन्तर्राष्ट्रिय टि–२० म्याचमा नेपालले युगाण्डासँग ६ विकेटको हार बेहोर्यो । किर्तिपुर मैदानमा टस जित्दै पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो । नेपालका लागि ओपनर ज्योति पाण्डेले ४७ रन बनाउनुबाहेक अन्य नेपाली ब्याटरहरु टिक्न सकेनन् ।

जवाफी लक्ष्य पछ्याएको युगाण्डाले भने १८.२ ओभरमा ४ विकेट गुमाएर १०१ रन बनाउँदै जित हात पारेको थियो । युगाण्डाका लागि प्लेयर अफ द म्याच समेत घोषियत ओपनर केविन अविनोले ४२ रनको नटआउट पारी खेलिन् । त्यस्तै जेनेट एमबाबाजीले २७ रनको महत्वपूर्ण योगदान दिईन् ।

सिरिज अन्तरगत चौथो अन्तर्राष्ट्रिय टि–२० म्याच शुक्रबार हुनेछ । बाँकी रहेका दुवै खेल नेपालका लागि साख जोगाउने अवसर पनि हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...