युगाण्डा विरुद्ध पहिलो खेलमै नेपाल निराश

काठमाडौं (एजेन्सी) । युगाण्डा महिला क्रिकेट टिम विरुद्धको अन्तर्राष्ट्रिय टि–२० सिरिज अन्तरगत पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले निराशाजनक हार बेहोर्न पुगेको हो ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो म्याचमा नेपालले १२ रनको हार बेहोरेको हो । टस जित्दै पहिले फिल्डिङ रोजेको नेपालले युगाण्डालाई निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १०२ रन मात्र बनाउन दियो ।

युगाण्डाका लागि प्लेयर अफ द म्याच समेत घोषित जेनेट एम्बाबाजीले सर्वाधिक २९ रन बनाएर पाहुना टोलीको जितमा अहम भूमिका खेलिन् । नेपालका लागि कविता कुँवरले सर्वाधिक २ विकेट हात पारिन् । त्यस्तै रुबिना क्षेत्री, कबिता जोशी र इन्दु बर्माले १–१ विकेट लिए ।

उता जवाफी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । नेपालका लागि इन्दु वर्माले सर्वाधिक १६ रन बटुलिन् । त्यस्तै डोली भट्टले १३ रन बनाउँदा ओपनर बिन्दु रावलले १२ रनको योगदान दिईन् ।

पाँच म्याचको अन्तर्राष्ट्रिय टि–२० सिरिज अन्तरगत दोस्रो म्याच मंगलबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...