नेपाल कमर्स क्याम्पस र गोल्डेन गेट सेमिफाइनलमा

स्पोन्सर युनिभर्सिटी कप क्रिकेट प्रतियोगिताको आजको खेलमा नेपाल कमर्स क्याम्पस र गोल्डेन गेट कलेज बिजयी हुँदै सेमिफाइनलमा प्रबेश गरेका छन् ।

त्रिवि क्रिकेट मैदानमा आईतवार भएको पहिलो खेलमा नेपाल कमर्स क्याम्पसले शहिद स्मारकलाई २३ रनले पराजित गरेको छ भने दोस्रो खेलमा गोल्डेन गेटले केएनकेलाई १ सय १५ रनले पराजित गर्न सफल भयो।

सोमबार पहिलो सेमिफाइनलमा त्रिभुवन विश्वविद्यालय र शंकरदेव क्याम्पसबीच हुनेछ र दोस्रो सेमिफाइनलमा नेपाल कमर्स क्याम्पस र गोल्डेन गेट कलेज भिड्ने छन् ।

युनिभर्सिटी क्रिकेट क्लबको आयोजनामा भएको टि–२० क्रिकेट प्रतियोगितालाई स्पोन्सर स्पोर्टस ड्रिन्कले प्रायोजन गरेको छ ।

चैत २९ गतेसम्म सन्चालन हुने यस प्रतियोगितामा उपत्यकाका १६ कलेज टिमहरु सहभागि छन् ।

विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...