नेक्सस यू–१६ क्रिकेट जनप्रेमी विजयी

काठमाडौंमा जारी नेक्सस यू–१६ क्रिकेट कप प्रतियोगिता अन्तर्गत आइतबार भएका खेलमा जनप्रेमी, ओयसिस र नेपाल क्रिकेट स्कुल विजयी भएका छन् ।
बुढानिलकण्ठको मैदानमा भएको खेलमा जनप्रेमीले सान ग्रीनलाई ५७ रनले पराजित गर्दा ओयसिसले नेपाल पुलिसको टिमलाई १० विकेटले पराजित गरेको हो । उता कालिकोटले हिमालयन क्रिकेट एकेडेमीलाई १७ रनले पराजित गर्दा वालुवाटारले सान रेडलाई ८ विकेटले पराजित गरेको छ । यस्तै, केसीटीसले जीएचसीए ‘बी’ लाई १३ रनले पराजित गरेको छ ।

प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार हात पार्नेछ भने दोस्रोले १ लाख सहित रनिङ शिल्ड हात पार्नेछन ।

साथै प्रतियोगिताको म्यान अफ द सिरिजले २० हजार हात पार्दा, इर्मजिङ प्लेयरले १५ हजार, उत्कृष्ट ब्याट्स म्यान र बलरले १० हजार तथा म्यान अफ दि म्याचले ट्रफी हात पार्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...