नेपाल ११ र धनगढी ११ बीच च्यारिटी खेल, पारसले बलिङ भने नगर्ने

२७ चैत / धनगढी प्रिमियर लिग आजदेखि सुरु हुँदैछ । एपेन्डिक्सको शल्यक्रिया पछि आराममा रहेका पारस यसै प्रतियोगिताबाट पुनः क्रिकेटमा  फर्किदैं  छन् ।

उदघाटन खेलका रुपमा नेपाल ११ र धनगढी ११ बीच च्यारिटी खेल हुदैछ ।  प्रतियोगिता अन्तर्गतका खेलहरु भने भोलिबाट हुनेछन् । राष्ट्रिय टिमका खेलाडी सम्मिलित नेपाल ११ को कप्तानी पारस खडकाले सम्हाल्दैछन् । धनगढीको सेती अञ्चल प्रहरीको मैदानमा हुने यो खेल दिउसो दुई बजेबाट सुरु हुनेछ । पारस आजको खेलमा खेल्ने भएपनि स्वास्थ्यका लागि बलिङ गर्न भने असमर्थ रहनेछन् ।

आजको खेलको टिकट विक्रिबाट उठेको रकम सबै खर्च कटाएर निर्माणाधिन फाप्ला मैदानका लागि खर्च गरिनेछ । डीपीएलको पहिलो खेल सोमबार सीवाईसी अत्तरिया र काठमाडौं गोल्डेन्सबीच हुनेछ । वैशाख ९ सम्म हुने डीपीएलमा अत्तरिया, काठमाडौं गोल्डेन्ससहित रूपन्देही च्यालेन्जर्स, कञ्चनपुर आइकोन, विराटनगर किंग्स र धनगढी टिम चौराहाले प्रतिस्पर्धा गर्दै छन् । सबै खेल धनगढीस्थित अञ्चल प्रहरी कार्यलयको मैदानमा हुनेछ । विजेताले १५ लाख र उपविजेताले सात लाख रुपैया पाउनेछन ।


प्रतिक्रिया दिनुहोस

Loading...