ट्राई सिरिजमा नेपालको विजयी शुरुवात

काठमाडौं (खेलदैनिक) । आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तरगत युएईमा जारी एकदिवसीय ट्राई सिरिजमा नेपालले विजयी शुरुवात गरेको छ । पहिलो खेलमा जित हात पार्ने क्रममा नेपालले पपुवा न्युगिनी विरुद्ध २ विकेटको संघर्षपुर्ण जित निकालेको हो ।

शारजहाँ क्रिकेट स्टेडियममा टस हार्दै फिल्डिङको निम्तो पाएको नेपालले पपुवा न्युगिनीलाई निर्धारित ५० ओभरमा २०४ रन मात्र बनाउन दियो । पपुवा न्युगिनीका लागि चाल्र्स अमिनीले ५९ रनको अर्धशतकीय पारी खेले । बलिङतर्फ नेपालका लागि सोमपाल कार्मीले १० ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए ।

जवाफी लक्ष्य पछ्याएको नेपालले ४९.२ ओभरमा २०८ रन बनाउँदै जित हात पार्यो । नेपालका लागि प्लेयर अफ द म्याच समेत घोषित रोहित कुमार पौडेलले सर्वाधिक ६० रनको महत्वपूर्ण पारी खेले । त्यसबाहेक आरिफ शेखले ४९ रन बनाए भने करन केसीले आक्रमक रुपमा २९ रनको महत्वपूर्ण योगदान दिए ।

डबल राउण्ड रोबिन लिगका आधारमा जारी सिरिज अन्तरगत नेपालले आफ्नो दोस्रो आयोजक युएईसँग शुक्रबार दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...