त्रिभुवन विश्वविद्यालय र शंकरदेव सेमिफाइनलमा

स्पोन्सर युनिभर्सिटी कप क्रिकेट प्रतियोगिताको आजको खेलमा त्रिभुवन विश्वविद्यालय र शंकरदेव क्याम्पस बिजयी हुँदै सेमिफाइनलमा प्रबेश गरेका छन् ।

त्रिवि क्रिकेट मैदानमा शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा त्रिभुवन विश्वविद्यालयले निस्टलाई ६ विकेटले पराजित गरेको छ र दोस्रो क्वाटरफाइनलमा शंकरदेव क्याम्पसले ग्लोबल कलेजलाई ६७ रनले पराजित गर्न सफल भयो।

आईतवार तेस्रो क्वाटरफाइनल खेलमा शहिद स्मारक र नेपाल कमर्स क्याम्पस बीच हुनेछ र अन्तिम क्वाटरफाइनलमा गोल्डेन गेट र केएनके भिड्ने छन् ।

युनिभर्सिटी क्रिकेट क्लबको आयोजनामा भएको टि–२० क्रिकेट प्रतियोगितालाई स्पोन्सर स्पोर्टस ड्रिन्कले प्रायोजन गरेको छ ।

चैत २९ गतेसम्म सन्चालन हुने यस प्रतियोगितामा उपत्यकाका १६ कलेज टिमहरु सहभागि छन् ।

विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...