कुशलले बनाए किर्तिमान

काठमाडौं (खेलदैनिक) । नेपाली क्रिकेट टिमका युवा तथा आक्रमक ब्याटसम्यान कुशल भुर्तेलले अन्तर्राष्ट्रिय क्रिकेटमा आकर्षक किर्तिमान बनाएका छन् ।

ओमानमा जारी आइसीसी टि–२० क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायरतर्फ शनिबार फिलिपिन्स विरुद्ध ६१ बलमा नटआउट १०४ रन बनाउँदै शतक पूरा गरे । योसँगै कुशलले अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने तेस्रो नेपाली क्रिकेटर समेत बने । यसअघि यो किर्तिमान पूर्वकप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लको नाममा थियो ।

त्यति मात्र नभएर कुशलले अन्तर्राष्ट्रिय टि–२० क्रिकेटमा ५० भन्दा बढी रन बनाउने मामिलामा पनि पूर्वकप्तान पारसको बराबरी गरेका छन् । अर्थात दुवै खेलाडीले अन्तर्राष्ट्रिय टि–२० सर्वाधिक पाँचपटक ५० भन्दा बढी रन बटुल्न सफल भएका छन् ।

स्मरण रहोस, कुशलको सोही शानदार शतकको सहयोगमा नेपालले फिलिपिन्स विरुद्ध ३ विकेटको क्षतिमा २१८ रन बनाउन सफल भएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले पनि आक्रमक ८३ रन बटुले ।

यो समाचार तयार पार्दासम्म हाल क्रिजमा फिलिपिन्सले जवाफी लक्ष्य प्छयाउँदै ब्याटिङ गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...