दोस्रो खेलमा हार्यो नेपाल

काठमाडौं (खेलदैनिक) । आफ्नो पहिलो खेलमा आयोजक ओमानलाई हराएको नेपालले चारदेशीय टि–२० अन्तरगत आफ्नो दोस्रो खेलमा युएईसँग २५ रनले पराजित भएको छ ।

टस जित्दै पहिले फिल्डिङ रोजेको नेपालले खर्चिलो बलिङ गर्दा निराश बन्न पुग्यो । युएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १९३ रनको फराकिलो योगफल तयार पारेको थियो ।

युएईका लागि प्लेयर अफ द म्याच समेत घोषित चिराग सुरीले ८४ रन बनाए । त्यस्तै रोहन मुस्तफाले ४९ रनको महत्वपूर्ण योगदान दिए । बलिङतर्फ भने नेपालका लागि सन्दिप लामिछाने, शाहब आलम र आरिफ शेखले १–१ विकेट लिए ।

उता जवाफी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४१ रन बनाए । त्यस्तै आशिफ शेख र लोकेश बलमे क्रमशः ३४ र ३३ रनको योगदान दिए । अनुभवी ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले पनि २२ रन बनाए तर टोलीलाई हारबाट जोगाउन सकेनन् ।

यो हारसँगै नेपालको सिरिज जित्ने यात्रामा धक्का पनि लागेको छ । सिरिज अन्तरगत नेपालले आफ्नो अन्तिम खेल सोमबार बलियो आयरल्याण्डसँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...