नेपाली टिमबाट बाहिरिए सोमपाल र बिनोद

काठमाडौं (खेलदैनिक) । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी टि–२० क्रिकेट विश्वकपको ग्लोबल छनौट खेल्ने राष्ट्रिय टोलीको घोषणा गर्दा त्यसमा अनुभवी क्रिकेटरद्वय सोमपाल कामी र बिनोद भण्डारी परेनन् ।

बिहीबार आगामी महिना हुने ग्लोबल छनौटका लागि १६ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गर्दा सोमपाल र बिनोद मात्र नभएर अर्का भरपर्दा ब्याटसम्यान रोहित कुमार पौडेल पनि टिममा पर्न सकेनन् । बरु भर्खरै सम्पन्न प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका युवा ब्याटसम्यान लोकेश बम र विवेक यादव पहिलोपटक टोलीमा पर्न सफल भए ।

फेब्रुअरी १५ देखि २५ तारीखसम्म ओमानमा हुने छनौट प्रतियोगितामा नेपाल समूह ए मा परेको छ । समूह बी को खेल भने आउँदो जुलाई महिनामा जिम्बाब्वेमा हुने कार्यक्रम छ ।

नेपाली टोली यसप्रकार रहेको छः

सन्दिप लामिछाने, कुशल भुर्तेल, आशिष शेख, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, आरिफ शेख, करन केसी, जितेन्द्र मुखिया, अविनाश बोहरा, शाहब आलम, कुशल मल्ल, कमल सिंह ऐरी, विवेक यादव, प्रदिप ऐरी, लोकश बम


प्रतिक्रिया दिनुहोस

Loading...