शंकरदेव र एन्सीसी क्वाटरफाइनलमा

स्पोन्सर युनिभर्सिटी कप क्रिकेट प्रतियोगिताको आजको खेलमा शंकरदेव क्याम्पस र नेपाल कमर्श क्याम्पस (एन्सीसी) बिजयी हुँदै क्वाटरफाइनलमा प्रबेश गरेका छन् ।

त्रिवि क्रिकेट मैदानमा बिहीवार भएको पहिलो खेलमा शंकरदेव क्याम्पसले सेन्ट लरेन्सलाई ४९ रनले पराजित गरेको छ र दोस्रो खेलमा नेपाल कमर्श क्याम्पसले कसमस कलेजलाई ८ विकेटले पराजित गर्न सफल भयो।

शुक्रबार पहिलो खेलमा काठमाडौं विश्वविद्यालय र गोल्डेन गेट र दोस्रो खेल राजर्षी र केएन्केबीच हुनेछ ।

युनिभर्सिटी क्रिकेट क्लबको आयोजनामा भएको टि–२० क्रिकेट प्रतियोगितालाई स्पोन्सर स्पोर्टस ड्रिन्कले प्रायोजन गरेको छ ।

चैत २९ गतेसम्म सन्चालन हुने यस प्रतियोगितामा उपत्यकाका १६ कलेज टिमहरु सहभागि छन् ।

विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...