सगरमाथा सिमेण्ट धनगढी प्रिमियर लिगको तयारी पूरा

सगरमाथा सिमेण्ट धनगढी प्रिमियर लिगको सम्पुर्ण तयारी सकिएको  छ । आयोजकले बिहिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको जनाएको हो ।

धनगढी क्रिकेट एकेडेमी र सुदुरपश्चिमाञ्चल एकेडेमीको संयुक्त आयोजनामा सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगको चौथो संस्करण चैत्र २७ देखि धनगढीमा शुरु हुँदै छ ।

उद्घाटन खेलमा नेपाल ११ र धनगढी ११ बीच च्यारिटी खेल हुनेछ ।

प्रतियोगिता  एपीवान एचडी टेलिभिजनमा र युटुयुव च्यानलमा लाईभ  हुनेछ ।  लाईभ अपडेट क्रिकईन्फो डटकममा उपलब्ध हुनेछ ।

बैशाख ९ सम्म सञ्चालन हुने सर्वाधिक पुरस्कारराशि भएको यस टि–२० क्रिकेट प्रतियोगिताको विजेताले १५ लाख प्राप्त गर्नेछ र उपविजेताले रु ७ लाख प्राप्त गर्नेछ ।

प्रत्येक खेलका वेल्स क्याफे म्यान अफ द म्याचले १० हजार रुपैयाँ तथा म्यान अफ द सिरिजले टिभीएस आरटिआर २०० अपाचे मोटरसाईकल प्राप्त गर्ने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...