क्रिकेट विश्वकप छनौटः नेपालको खराब शुरुवात

काठमाडौं (खेलदैनिक) । आइसीसी टि–२० महिला क्रिकेट विश्वकपको एसियाली छनौटमा नेपालले खराब शुरुवात गरेको छ । युएईमा शुरु प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले हङकङसँग ६ विकेटको हारका साथ प्रतियोगिताको शुरुवात गर्यो ।

दुबई स्थित आइसीसी एकेडेमी ग्राउण्डमा टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा १०४ रनको सामान्य योगफल मात्र तयार पार्यो । नेपालका लागि सीता राना मगरले सर्वाधिक ४० रनको पारी खेलिन् ।

जवाफी लक्ष्य पछ्याएको हङकङले भने १८ ओभरमा ४ विकेट गुमाएर १०५ रन बनाउँदै जित हात पारेको थियो । हङकङका लागि प्लेयर अफ द म्याच समेत चुनिएकी मारिको हिलले नटआउट ४२ रनको अहम पारी खेलिन् ।

नेपालले आफ्नो दोस्रो खेल मंगलबार भुटानसँग खेल्नेछ भने हङकङले सोही दिन आयोजक युएईको सामना गर्नेछ । स्मरण रहोस, युएईले सोमबार नै भएको उद्घाटन खेलमा मलेसियालाई ३० रनले हराउँदै प्रतियोगिताको विजयी शुरुवात गरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...