निस्ट र एस् एस् कलेज बिजयी

निस्ट र सहिद स्मारक(एस् एस्) कलेज स्पोन्सर युनिभर्सिटी कप क्रिकेट प्रतियोगिताको आजको खेलमा बिजयी भएका छन् ।

त्रिवि क्रिकेट मैदानमा  आज भएको पहिलो खेलमा निस्टले पाटन मल्टिपल क्याम्पसलाई ११० रनले पराजित गरेको छ र दोस्रो खेलमा सहिद स्मारक कलेजले पाटन एकेडेमी अफ हेल्थ साइन्सलाई ६ विकेटले पराजित गर्न सफल भयो।

बिहीवार पहिलो खेलमा सेन्ट लरेन्स र शंकरदेव र दोस्रो खेल कसमस र एन्सीसी बीच हुनेछ ।

युनिभर्सिटी क्रिकेट क्लबको आयोजनामा भएको टि–२० क्रिकेट प्रतियोगितालाई स्पोन्सर स्पोर्टस ड्रिन्कले प्रायोजन गरेको छ ।

चैत २९ गतेसम्म सन्चालन हुने यस प्रतियोगितामा उपत्यकाका १६ कलेज टिमहरु सहभागि छन् ।

विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...