इपिएल यस बर्ष चितवनको पोल्टामा

काठमाडौं (खेलदैनिक) । प्रतिष्ठित बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–२० क्रिकेट प्रतियोगिताको चौथो संस्करणको उपाधि चितवन टाईगर्सले जितेको छ ।

शनिबार भएको फाइनल भिडन्तमा चितवनले पोखरा राइनोजलाई ४ विकेटले हराउँदै पहिलोपटक उपाधि उचाल्न सफल भएको हो । टियु क्रिकेट मैदानमा टस जित्दै पहिले फिल्डिङ रोजेको चितवनले पोखरालाई १७.५ ओभरमा १११ रन मात्र बनाउन दिएर अलआउट गरेको थियो ।

पोखराका लागि असेला गुणरत्नेले सर्वाधिक ३४ रन बनाउँदा ओपनर रिचार्ड लेवीले २६ रनको योगदान दिएका थिए । चितवनका लागि कमल ऐरीले सर्वाधिक ४ विकेट लिएर पोखरालाई दबाबमा राख्न सफल भएका थिए ।

जवाफी लक्ष्य पछ्याएको चितवनले १५.५ ओभर खेल्दै ६ विकेटको क्षतिमा ११४ रन बनाएर जित हात पारेको थियो । चितवनका लागि भिम सार्कीले सर्वाधिक ६३ रन बनाउँदै टोलीको जितको आधार तयार पारेका थिए ।

चितवनका कमल ऐरी फाइनल खेलको प्लेयर अफ द म्याच बन्दा चितवन कै सागर ढकाले प्लेयर अफ द सिरिज घोषित भए ।


प्रतिक्रिया दिनुहोस

Loading...