मल्लको स्थानमा भुर्तेललाई कप्तानी

काठमाडौं (खेलदैनिक) । डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रियटसका अनुभवी कप्तान ज्ञानेन्द्र मल्लले शनिबारदेखि शुरु हुन गईरहेको बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपिएल) नखेल्ने भएका छन् ।

यो कुराको पुष्टी ललितपुरले समेत गरेको छ । ज्ञानेन्द्रले व्यक्तिगत कारण जनाउँदै इपिएलको चौथो सिजन नखेल्ने बताइएको छ । साथै अब ललितपुरको कप्तानी ज्ञानेन्द्रको स्थानमा आक्रमक ब्याट्सम्यान कुशल भुर्तेलले गर्ने भएका छन् ।

टियु क्रिकेट ग्राउण्डमा शनिबारदेखि शुरु हुन गईरहेको इपिएलको उद्घाटन खेलमै ललितपुरले काठमाडौं किंग्स ११ सँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...