इपिएलका लागि पोखरा राईनोज तयार

पोखरा (खेलदैनिक) । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्ने तयारीमा रहेको पोखरा राईनोजले प्रतियोगिताा लागि आफ्नो टोलीको तयारी पूरा भएको बताएको छ ।

शनिबारदेखि किर्तिपूरमा शुरु हुन गईरहेको चौथो संस्करणको प्रतियोगितामा सहभागिताको अन्तिम तयारीका साथै प्रायोजक, खेलाडीहरु र खेल रणनीतिका बारेमा क्लबले ह्यायात होटल, काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गरायो ।

जम्प नेशनको स्वामित्वमा रहेको राईनोजले प्रतियोगितालाई आफ्नो पक्षमा पार्नका लागि विभिन्न रणनीति तय गरेको जानकारी दियो । जस अन्तरगत क्लबले विगतको प्रस्तुतीलाई अध्ययन गर्दै यस प्रतियोगिताका लागि मुख्य प्रशिक्षक, बलिङ्ग प्रशिक्षक र फिल्डिङ्ग प्रशिक्षकलाई चयन गरेर सुखद नतिजा निकाल्ने अभियानमा रहेको समेत पत्रकार सम्मेलनमा जानकारी गरायो ।

राईनोजले नेपाली मार्की खेलाडी राष्टिय टोलीका विनोद भण्डारीको नेतृत्वमा यसपटक विदेशी खेलाडीलाई पनि समावेश गरेको छ । जसमा दक्षिण अफ्रिकाका हार्ड हिटर रिचार्ड अन्स्ट लेभी सहित वेष्ट ईन्डिजका केसरिक विलियम, श्रीलंकाका असेला गुणरत्ने र साहान अरचसिगेलाई टिममा समावेस गरेको छ

क्लबका मार्की खेलाडी भण्डारीले यसपटक उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने बताए । “प्रतियोगिता हो जित हार हुन सक्छ तर टिम विजयी हुने लक्ष्यका साथ मैदानमा ओर्लने छ” भण्डारीले पत्रकार सम्मेलनमा भने ।

राइनोजले यस सिजन असोज १० गते आइतबार भैरहवा ग्लाडिएटर्ससँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । ललितपुर प्याट्रियटस प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो ।


प्रतिक्रिया दिनुहोस

Loading...