नेपाल आइपुगे पाकिस्तानी सुपरस्टार आफ्रिदी

काठमाडौं (खेलदैनिक) । शनिबारदेखि शुरु हुन गईरहेको पल्सर बजाज एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करण खेल्न पाकिस्तानी सुपरस्टार शाहिद अफ्रिदी नेपाल आइपुगेका छन् ।

पाकिस्तान क्रिकेट टिमका पूर्व कप्तान तथा स्टार अलराउण्डर अफ्रिदीले यस सिजन हुने इपिएलमा काठमाडौं किंग्स ११ का लागि खेल्ने छन् । काठमाडौंले यस सिजनका लागि आफ्रिदी बाहेक सिंगापुरका जनक प्रकाश, जिम्बाब्वेका र्यान बर्ल र अफगानिस्तानका रहमानुल्लाह गरबजलाई पनि अनुवन्ध गरेको छ ।

एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो शतक बनाउने विश्व किर्तिमान बनाएका अफ्रिदीको त्यो किर्तिमान १७ बर्षसम्म कायम रह्यो । पछि त्यो किर्तिमान न्युजिल्याण्डका आक्रमक ब्याटसम्यान कोरी एन्डरसनले तोडेका थिए ।

अफ्रिदी अझै पनि आक्रमक क्रिकेट खेल्न माहिर छन् । उनले चर्चित इण्डियन प्रिमियर लिग, पाकिस्तान प्रिमियर लिग, क्यारिबियन प्रिमियर लिग, काउन्टी क्रिकेट, बंगलादेश प्रिमियर लिग लगायत थुप्रै फ्रेञ्चाईज क्रिकेट लिग समेत खेलिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...