अमेरिकासँगको हार नेपालका लागि पाठ

काठमाडौं (खेलदैनिक) । आइसीसी विश्वकप लिग २ मा शुक्रबार अमेरिकाले नेपाललाई पहिलोपटक हराउँदै ऐतिहासिक जित दर्ता गर्यो । यसअघि अमेरिकासँग खेलेको तीन खेल जितेको नेपालले शुक्रबार भने ६ विकेटले पराजित हुँदा नेपाली टोलीलाई नराम्रोसँग झट्का पनि लाग्न पुग्यो ।

अल अमिरात क्रिकेट स्टेडियममा टस हार्दै पहिले ब्याटिङको निम्तो पाएको नेपालले गतिलो प्रदर्शन गर्न सकेन । नेपालले ४८ ओभरमा अलआउट हुँदै १७४ रन मत्र बनाउन सक्यो । कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेल्नु वाहेक अन्य नेपाली ब्याटसम्यानहरु खासै जुधेर खेल्न सकेनन् ।

ओपनर कुशल भुर्तेलले ३६ तथा डेब्यु म्याच खेलिरहेका गुलशन झाले २८ रन बनाए तापनि नेपालले अमेरिकासामू गतिलो लक्ष्य प्रस्तुत गर्न भने असफल रह्यो ।

उता जवाफी लक्ष्य पछ्याएको अमेरिकाले २९.३ ओभर खेल्दै ४ विकेटको क्षतिमा १७५ रन बनाएर जित हात पार्यो । अमेरिकाका लागि प्लेयर अफ द म्याच समेत घोषित स्टिवन टेलरले सर्वाधिक ९२ रनको पारी । त्यस्तै मोनांक पटेल र जसकरन मलहोत्रा क्रमशः ३८ र ३६ रनमा नटआउट रहे ।

बलिङतर्फ नेपालका लागि सन्दिप लामिछाने र करन केसीले मात्र २–२ विकट लिए भने अन्य बलहरु अमेरिका विरुद्ध खर्चालु देखिए ।

नेपालले सिरिज अन्तरगतको आफ्नो अन्तिम खेल आइतबार घरेलु टोली ओमानसँग खेल्नेछ । स्मरण रहोस, नेपालले अमेरिकासँग् हार्नु अघि ओमानसँग पनि ५ विकेटको हार बेहोरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...