क्रिकेट विश्वकप लिग २ मा नेपालको उत्कृष्ट शुरुवात

काठमाडौं (खेलदैनिक) । कुशल भुर्तेल र रोहित कुमार पौडेलले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले सोमबारदेखि ओमानमा शुरु आइसीसी क्रिकेट विश्वकप लिग २ मा प्रभावशाली जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ ।

प्रतियोगिताको त्रिकोणात्मक सिरिज अन्तरगत नेपालले सोमबार अमेरिकामाथि ५ विकेटको जित हात पार्यो । अल अमिरात क्रिकेट स्टेडियममा टस हार्दै पहिले फिल्डिङको अवसर पाएको नेपालले अमेकिारलाई निर्धारित ५० ओभरमा २३० रन बनाउन दिएको थियो ।

अमेरिकाका लागि मोनांक पटेलले मेडन एकदिवसीय प्रहार गर्ने क्रममा १०० रन बनाएका थिए । त्यस्तै निसर्ग पटेलले पनि २१ रनको योगदान दिएका थिए ।

बलिङतर्फ नेपालका लागि सन्दिप लामिछाने, सुशन भारी र बिक्रम सोबले समान २–२ विकेट लिंदा कुशल मल्लले १ विकेट आफ्नो नाममा लेखाए ।

उता जवाफी लक्ष्य पछ्याएको नेपालले ४९ ओभरमा ५ विकेट गुमाएर २३१ रन बनाउँदै जित हात पारेको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ८४ रन बनाउँदै जितको आधार तयार पारेका थिए । त्यस्तै अर्का युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले नटआउट ६२ रन बनाए ।

बिनोद भण्डारीले ३७ रन जो्ड्दा अर्का ओपनर आशिफ शेखले २३ रन बटुले । कप्तान ज्ञानेन्द्र मल्लले भने १७ रन मात्र जोड्न सके । क्रिकोणात्मक सिरिज अन्तरगत नेपालले आफ्नो दोस्रो खेल मंगलबार नै घरेलु टोली ओमानसँग खेल्नेछ ।

(तस्विरः क्यानं)


प्रतिक्रिया दिनुहोस

Loading...