मोनांकले शतक बनाएपछि नेपाललाई २३१ रनको लक्ष्य

काठमाडौं (खेलदैनिक) । मोनांक पटेलले एकदिवसीय क्रिकेटमा डेब्यु शतक बनाएपछि आइसीसी विश्वकप लिग २ अन्तरगत पहिलो एकदिवसीयमा अमेरिकाले नेपाल विरुद्ध २३० रनको योगफल तयार पारेको छ ।

टस जित्दै पहिले ब्याटिङ रोजेको अमेरिकाका लागि विकेटकिपर समेत रहेका मोनांकले ११४ बलमा ९ चौका र १ छक्काको सहयोगमा शतक पूरा गरेका थिए । उनीबाहेक अन्य अमेरिकी ब्याटसम्यानहरुले खासै रन बटुल्न सकेनन् ।

बलिङतर्फ सन्दिप लामिछाने, सुशन भारी र बिक्रम सोवले समान २–२ विकेट लिए । त्यस्तै कुशल मल्लको नाममा एक विकेट रह्यो । उता ५० ओभरमा ९ विकेट गुमाएर २३० रन बनाएको अमेरिकाले केहीबेरमा नेपालको ब्याटिङ पारीलाई रोक्न मैदानमा उत्रिनेछ ।

नेपाललाई अब जितका लागि २३१ रन बनाउनुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...