स्पोन्सर युनिभर्सिटी कप मंगलवारदेखि त्रिवि क्रिकेट मैदानमा शुरु भएको छ ।
पहिलो खेलमा त्रिभुवन विश्वविद्यालयले नेपाल इन्जिनियरिङ कलेज ‘बी’लाई ९ विकेटले पराजित गरेको छ भने दोस्रो खेलमा ग्लोबल कलेजले नेपाल इन्जिनियरिङ ‘ए’ लाई १० विकेटले पराजित गर्न सफल भयो।
बुधवार पहिलो खेलमा पाटन बहुमुखी क्याम्पस र निस्ट र दोस्रो खेल पि.ए.एच.एस् र एस् एस् कलेजबीच हुने छ ।
युनिभर्सिटी क्रिकेट क्लबको आयोजनामा भएको टि–२० क्रिकेट प्रतियोगितालाई स्पोन्सर स्पोर्टस ड्रिन्कले प्रायोजन गरेको छ ।
चैत २९ गतेसम्म सन्चालन हुने यस प्रतियोगितामा उपत्यकाका १६ कलेज टिमहरु सहभागि छन् ।
विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने ५ तथा उदीयमान ३ खेलाडीलाई ग्रेट हिमालय क्रिकेट एकेडेमीले एक वर्षसम्म निःशुल्क प्रशिक्षण र प्रतियोगिताहरुमा खेलाउने बताइएको छ ।
तस्बिरहरु : निर्मल लामा , खेलदैनिक