नेपाल र पपुवा न्युगिनीको खेल आज

काठमाडौं (खेलदैनिक) । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तरगत त्रिकोणात्मक सिरिज खेल्न ओमानमा रहेको नेपालले आज अभ्यास खेलका रुपमा पपुवा न्युगिनीसँग पहिलो एकदिवसीय म्याच खेल्दैछ ।

ओमानको राजधानी मस्कट स्थित अल अमिरात क्रिकेट स्टेडियममा हुने सो खेल नेपाली समयअनुसार दिनको ११ः१५ बजेदेखि शुरु हुनेछ । जसको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडीले गर्ने तय भईसकेको छ ।

त्यस्तै दोस्रो एकदिवसीय म्याच शुक्रबारका दिन हुने नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी गराएको छ । स्मरण रहोस, नेपालले पपुवा न्युगिनीको खेलपश्चात ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिज खेल्नेछ ।

जुन सिरिज आगामी सोमबारदेखि अल अमिरात क्रिकेट स्टेडियममै शुरु हुँदैछ । नेपालले उद्घाटन खेलमै अमेरिकाको सामना गर्दै सिरिजको शुरुवात गर्नेछ ।

(तस्विरः क्यान)


प्रतिक्रिया दिनुहोस

Loading...