बंगलादेश र श्रीलंकाका दुई स्टारले इपिएल खेल्ने

काठमाडौं (खेलदैनिक) । अन्तर्राष्ट्रिय खेलाडीहरुको जमघटमा बृद्धि हुँदै जाँदा यस बर्ष हुने बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करणले थप रोमाञ्चक थप्ने निश्चित देखिएको छ ।

प्रतिष्ठित नेपाली फ्रैन्चाईज क्रिकेट लिगको चौथो संस्करणका लागि भैरहवा ग्लाडिएटर्सले बंगलादेश र श्रीलंकाका स्टार ब्याटसम्यानद्वय क्रमशः तमिम इकबल र उपुल थरंगालाई अनुबन्ध गरेको छ ।

३२ बर्षिय इकबल बंगलादेशको एकविदसीय क्रिकेट टिमको कप्तान समेत हुन् भने ३६ थरंगाले पनि श्रीलंकाको राष्ट्रिय क्रिकेट टोलीको कप्तानी सम्हालि सकेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुवै टोली निकै अनुभवी खेलाडीका रुपमा समेत परिचित छन् ।

यी दुवै खेलाडीसँग विभिन्न फ्रन्चाईज टि–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेको अनुभव पनि छ । अन्तर्राष्ट्रिय टि–२० क्रिकेटमा इकबलको व्यक्तिगत उच्च स्कोर नटआउट १०३ रहेको छ । थरंगाले भने अन्तर्राष्ट्रिय टि–२० मा १२४ रनको नटआउट पारी खेलेका छन् । साथै थरंगाले अन्तर्राष्ट्रिय टि–२० मा ३ हजार रन समेत पूरा गरिसकेका छन् ।

यहि आउँदो असोज ९ गतेदेखि शुरु हुन गईरहेको इपिएलका देशका विभिन्न ६ शहरका फ्रेन्चाईज टोलीहरुले सहभागिता जनाउँदै छन् । ललितपुर प्याट्रियटस प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत हो ।


प्रतिक्रिया दिनुहोस

Loading...