बिराटनगरमा आवद्ध भए जिम्बाव्वेका चर्चित ब्याटसम्यान

काठमाडौं (खेलदैनिक) । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करणका लागि बिराटनगर वारियर्सले जिम्बाब्वेका चर्चित ब्याटसम्यान सिकन्दर राजालाई अनुवन्ध गरेको छ । ३५ बर्षिय राजालाई अनुवन्ध गरेको कुरा बिराटनगरले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत घोषणा समेत गरेको छ ।

बिगत आठ बर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेटमा सक्रिय रहेका राजालाई बिराटनगरले यस सिजनका लागि पहिलो विदेशी खेलाडीको कोटामा अनुवन्ध गरेको हो । जिम्बाव्वेका लागि १०५ एकविदसीय, १७ टेष्ट र ४२ अन्तर्राष्ट्रिय टि–२० म्याच खेलेको राजा भरपर्दा ब्याटसम्यानका रुपमा परिचित छन् ।

यसअघि पाकिस्तान प्रिमियर लिग, क्यारिबियन प्रिमियर लिग लगायत अन्य फ्रेन्चाईज टि–२० क्रिकेट खेलेको राम्रो अनुभव समेत संगालेका राजालाई बिराटनगरले आफ्नो महत्वपुर्ण खेलाडीका रुपमा वर्णन गरेको छ ।

राजाको आगमनले क्लबलाई दोस्रोपटक इपिएलको उपाधि जित्न थप हौसला र आत्मबल मिल्ने क्लबको बुझाई छ । स्मरण रहोस, बिराटनगरले सन् २०१७ मा भएको दोस्रो संस्करणको इपिएल उपाधि जितेको थियो ।

यहि आउँदो असोज ९ गतेदेखि शुरु हुन गईरहेको इपिएलमा बिराटनगर सहित भैरहवा ग्लाडिएटर्स, काठमाडौं किंग्स–११, चितवन टाईगर्स, पोखरा राइनोज र ललितपुर प्याट्रियटस रहेका छन् । ललितपुर प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत हो ।


प्रतिक्रिया दिनुहोस

Loading...