ह्वाटमोरको राजिनामाबारे क्यानले गर्यो पुष्टी

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरको राजिनामाबारे बाहिरिएको खबर साँचो भएको कुरा नेपाल क्रिकेट संघ (क्यान) ले पुष्टी गरेको छ ।

ह्वाटमोरले व्यक्तिगत कारण देखाउँदै ओमान भ्रमणपश्चात नेपाली क्रिकेट टिमको जिम्मेवारी सम्हाल्न नसक्ने क्यानले जनाएको छ । क्यानका अनुसार प्रशिक्षक ह्वाटमोरले आफ्नो राजिनामाबारे इमेलमार्फत जानकारी गराएका हुन् ।

गत बर्षको पुष महिनामा राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा नियुक्त भएका ह्वाटमोरले नेपाललाई गत बैशाखमा घरमै भएको नेदरल्याण्डस र मलेसिया सम्मिलित टि–२० सिरिजको उपाधि जिताएका थिए ।

हाल ह्वाटमोर नेपाली क्रिकेट टोलीसँगै ओमानमा छन् । नेपालले त्यहाँ पपुवा न्युगिनीसँग दुई दिवारात्री एकदिवसीय म्याच खेल्दैछ । त्यसपछि आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तरगत ओमान, अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिज खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...