स्पोन्सर युनिभर्सिटी कप भोलिदेखि

युनिभर्सिटी क्रिकेट क्लबको आयोजनामा युनिभर्सिटी क्रिकेट कप मंगलबारदेखि हुने भएको छ ।

प्रतियोगितामा उपत्यकाका १६ कलेज टिमहरुको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सुमनराज कार्कीले जनाएका छन् ।

विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने ५ तथा उदीयमान ३ खेलाडीलाई ग्रेट हिमालय क्रिकेट एकेडेमीले एक वर्षसम्म निःशुल्क प्रशिक्षण र प्रतियोगिताहरुमा खेलाउने बताइएको छ । चैत २२ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिताका लागि अनुमानित १० लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

यस प्रतियोगितालाई स्पोन्सर स्पोर्टस ड्रिन्कले प्रायोजन गरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...