नेपालको नयाँ क्रिकेट जर्सी सार्वजनिक

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सोमबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । राष्ट्रिय टोलीको जर्सी डिजाईन गर्न खुला प्रतिस्पर्धा आयोजना गरिएको थियो ।

जसमा सबै प्रतिस्पर्धीलाई पछि पार्दै आदर्श पोख्रेलले डिजाईन गरेको जर्सी उत्कृष्ट बनेको थियो । जर्सी डिजाईन गरेको पोख्रेलले नगद १ लाख समेत हात पारे ।

स्मरण रहोस, यसअघि नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेण्ड टिचरले जर्सी डिजाईनका लागि खुला प्रतिस्पर्धाको आह्वान गरेका थिए ।

नेपाली टोलीले अब यहि नयाँ जर्सी लगाएर अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरुमा सहभागिता जनाउने छ । जर्सी सार्वजनिक कार्यक्रममा राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, मुख्य प्रशिक्षक डेव वाटमोर लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...