महिला विश्वकप छनौटका लागि प्रारम्भिक टोलीको घोषणा

(तस्विरः गुगल)

काठमाडौं (खेलदैनिक) । आइसीसी टि–२० महिला विश्वकपको एसियाली छनौटमा सहभागिता जनाउनका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २४ सदस्यीय प्रारम्भिक नेपाली टोलीको घोषणा गरेको छ ।

एसियाली छनौट आउँदो नोभेम्बर २२ देखि २८ तारीखसम्म मलेसियामा हुेँदैछ । छनौट प्रतियोगितामा नेपालसहित भुटान, चीन, हङकङ, कुवेत, मलेसिया, म्यानमार र युएई गरी कुल आठ टोलीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा हुन गईरहेको महिला क्रिकेट विश्वकपको छनौट प्रतियोगितातर्फ एसियाली छनौटमा शिर्ष स्थान हासिल गनेै एक टोलीले ग्लोबल छनौटमा प्रतिस्पर्धा गर्न पाउनेछ । ग्लोबल छनौटमा भने शिर्ष दुई स्थान हासिल गर्ने टोली दक्षिण अफ्रिकामा हुने विश्वकपमा छनौट हुनेछन् ।

प्रारम्भिक टोलीमा परेका खेलाडीहरुको सूचीः


प्रतिक्रिया दिनुहोस

Loading...