ओमान जाने १७ सदस्यीय क्रिकेट टोलीको घोषणा

काठमाडौं (खेलदैनिक) । नेपाल क्रिकेट संघले आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तरगत ओमानमा हुने ट्राई सिरिजका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको छ ।

लामो समयपछि एकदिवसीय क्रिकेटमा फर्किन लागेको नेपालले आउँदो सेप्टेम्बर १३ देखि २० तारीखसम्म ओमान र अमेरिका सम्मिलित ट्राई सिरिज खेल्नेछ । स्मरण रहोस, नेपालले गत बर्षको फेब्रुअरी यता एकदिवसीय म्याच खेलेको छैन ।

मुख्य प्रशिक्षक डेभ वाटमोरले यसपटक केही युवा खेलाडीहरुलाई बढी प्राथमिकता दिएका छन् । टोलीमा गुलशन झाले पहिलोपटक स्थान बनाउन सफल भएका छन् ।

नेपाली टोलीले ओमान पुगेर ट्राई सिरिज खेल्नु अघि दुई दिवारात्री एकदिवसीय म्याच पनि खेल्नेछ । जुन म्याच आउँदो सेप्टेम्बर ५ र ८ तारीखका दिन नेपाल र पपुवा न्युगिनी बीच हुनेछ ।

यस्ता छन् टोलीमा परेका खेलाडीहरुः


प्रतिक्रिया दिनुहोस

Loading...