इपिएलले पायो बजाजको साथ

काठमाडौं (खेलदैनिक) । नेपालको चर्चित फ्रेन्चाईज क्रिकेट लिग एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करणले प्रतिष्ठित व्यापारिक प्रतिष्ठान बजाजलाई मुख्य प्रायोजकका रुपमा पाएको छ ।

सो कुराको पुष्टी सोमबार एक कार्यक्रमकाबीच पत्रकार सम्मेलन आयोजना गरि जानकारी गराइयो । यो प्रयोजन सम्झौतासँगै अब लिगको नाम ‘बजाज पल्सर एभरेष्ट प्रिमियर लिग’ हुने भएको छ ।

सम्झौता कार्यक्रममा इपिएलको तर्फबाट प्रबन्ध निर्देशक आमिर अख्तर र बजाजको तर्फबाट हंशराज हुलासचन्दका अध्यक्ष शेखर गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गरे । सो सम्झौता शुरुवातमा एक बर्षका लागि हुने र त्यसपछि थप गर्दै लैजाने बताइएको छ ।

स्मरण रहोस, यस सिजनको इपिएल आउँदो सेप्टेम्बर २५ तारीखदेखि टियु क्रिकेट मैदानमा शुरु हुँदैछ । लिगमा काठमाडौं किंग्स–११, पोखरा राइनोज, बिराटनगर वारियर्स, ललितपुर प्याट्रियटस, चितवन टाईगर्स र भैरहवा ग्लाडिएटर्सले सहभागिता जनाउने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...