एसिसी इमर्जिङ टिम्स एसिया कपः फाईनलमा श्रीलंका र पाकिस्तान खेल्दै

चैत २१ / बंगलादेशमा जारी एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको उपाधि भिडन्त अहिले हुँदैछ । नेपाली समय अनुसार दिउँसो सवा २ बजेपछि सुरु हुनेछ । श्रीलंका र पाकिस्तानका २३ वर्षमुनिका टिम खेल्दैछन् ।

टेष्ट मान्यता नपाएका तर राम्रो प्रदर्शन गरिरहेका टिमलाई लक्षित गरी एसियाली क्रिकेट परिषदले आयोजना गरेको प्रतियोगितामा भारत पाकिस्तान श्रीलंका र बंगलादेशका २३ वर्ष मुनिको टिमसँग नेपाल, हङ्गकङ्ग, मलेसिया र अफगानस्तानका राष्ट्रिय टिमले प्रतिस्पर्धा गरेका हुन् ।

प्रतियोगितामा नेपाल पाकिस्तान र बंगलादेशसँग पराजित भयो भने हङ्गकङ्गलाई हराउँदै समूहको तेश्रो स्थानमा रह्यो ।


प्रतिक्रिया दिनुहोस

Loading...