राष्ट्रिय क्रिकेट टिममा अब पारसको जर्सीको नम्बर प्रयोग नहुने

काठमाडौं (खेलदैनिक) । नेपाली क्रिकेटको नियमनकारी निकाय क्रिकेट एसोसिएशन अफ नेपाल (क्यान) ले पूर्व कप्तान तथा अलराउण्डर पारस खड्काको सम्मानमा उनले प्रयोग गरेको जर्सी नम्बर अब प्रयोग नगर्ने घोषणा गरेको छ ।

नेपाल क्रिकेटमा पारसले पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै क्यानले पारसले प्रयोग गर्ने जर्सी नम्बर ७७ अब प्रयोग नगरिने घोषणा गरेको हो । स्मरण रहोस, पारसले गत मंगलबार मात्र ३३ बर्षको उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।

नेपाली क्रिकेटमा खेलाडीका रुप्मा एक दशकभन्दा बढी आफूलाई सक्रिय राखेका पारसले राष्ट्रिय टोलीका लागि विभिन्न सफलता र किर्तिमान पनि हात पारेका थिए । नेपाली क्रिकेटको इतिहास मै उनी एक सफल कप्तानका रुपमा समेत परिचित छन् ।

सन्यास घोषणा गरे लगतै उनले पत्रकार सम्मेलनको आयोजना गरि आफू नेपाली क्रिकेटको विकास मै लागिरहने बताउँदै केही महिना मै आफ्नै क्रिकेट एकेडेमी सञ्चालन गर्ने घोषणा समेत गरेका थिए । साथै उनले आफ्नो सो एकेडेमी भविष्यमा देशको सातै प्रदेशमा स्थापना गर्ने योजना रहेको समेत खुलासा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...