ट्राई सिरिजका लागि १९ खेलाडी (नामावली सहित)

(तस्विरः क्यान)

काठमाडौं (खेलदैनिक) । क्रिकेट एसोसिएशन अफ नेपाल (क्यान) ले आइसीसी क्रिकेट वल्र्डकप लिग–२ का लागि बन्द प्रशिक्षणमा सहभागि हुने १९ खेलाडीहरुको नामावली सार्वजनिक गरेको छ ।

यसअघि २० सदस्यीय नामावली घोषणा गरिए तापनि पूर्व कप्तान तथा अलराउण्डर पारस खड्काले मंगलबार मात्र आकस्मिक सन्यासको घोषणा गरेपछि अब नामावलीमा रहेका १९ खेलाडीहरु समावेश गरेर बन्द प्रशिक्षण थालिने क्यानले जनाएको छ ।

त्यस्तै नामावलीमा रहेका केही खेलाडीहरु उपत्याबाहिर रहेको र बुधबारसम्म ती खेलाडीहरु आइपुग्ने क्यानले जनाएको छ । साथै सबै खेलाडीहरु आइसकेपछि राष्ट्रिय क्रिकेट टोलीको आधिकारिक बन्द प्रशिक्षण बिहीबारदेखि शुरु गरिने पनि बताइएको छ ।

नेपालसहित ओमान र अमेरिका सम्मिलित ट्राई सिरिज आउँदो सेप्टेम्बर वा अक्टुबरमा हुने बताइएको छ । अक्टुबरमा पनि आइसीसी टि–२० क्रिकेट विश्वकप हुने भएकोले त्यो मिति पनि सिरिज हुने अझै निश्चित भने भइसकेको छैन ।

यसअघि सन् २०२१ को मार्च मै यो सिरिज हुने तय भएको थियो । तर विश्वव्यापी कोरोना महामारीका कारण सिरिज गत फेब्रुअरीमा स्थगित गरिएको थियो ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरु यसप्रकार रहेका छन्ः

ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दिप लामिछनो, कमल सिंह ऐरी, अबिनाश बोहरा, साहब आलम, सुशन भारी, शरद भेषवाकर, बिक्रम सोव, पवन सर्राफ, रोहित कुमार पौडेल


प्रतिक्रिया दिनुहोस

Loading...