श्रीलंका फर्किए मुख्य प्रशिक्षक ह्वाटमोर

काठमाडौं (खेलदैनिक) । नेपाली क्रिकेटलाई ऐतिहासिक सफलता दिलाएका प्रशिक्षक डेव ह्वाटमोर श्रीलंका फर्किएका छन् । श्रीलंकन मूलका अष्ट्रेलियन प्रशिक्षक ह्वाटमोर आफ्नो जन्मथलो श्रीलंकामा पनि बसोबास गर्दै आइरहेका छन् ।

नेपाल आएको चार महिनापछि ह्वाटमोर श्रीलंका फर्किएका हुन् । स्मरण रहोस, उनकै प्रशिक्षकीय जिम्मेवारीमा नेपालले एक साता अघि घरमै सम्पन्न मलेसिया र नेदरल्याण्डस् समेत सम्मिलित ट्राई नेशन्स सिरिज अन्तर्राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको थियो ।

हाल नेपालमा पनि कोरोना संक्रमणको त्रास थप बृद्धि हुँदै गईरहेको र लकडाउन पनि जारी रहेकाले क्रिकेट गतिविधी शुन्य छ । अर्थाथ अहिले देशमा खेलकुद गतिविधी लगभग प्रायः शुन्य अवस्थामा छ । सोही कारण ह्वाटमोर श्रीलंका फर्किएका हुन् ।

क्रिकनेपालका अनुसार क्रिकेट एसोसिएशन अफ नेपाल (क्यान) ले ह्वाटमोरलाई परिस्थति सामान्य भएपछि मात्र नेपाल बोलाउन सक्ने सम्भावना रहेको बताइएको छ ।

(तस्विरः क्यान)ं


प्रतिक्रिया दिनुहोस

Loading...