यु–१३ क्रिकेटः जिएचसीए उपाधि नजिक

काठमाडौं (खेलदैनिक) । जिएचसीए बी एभरफन एन्जल्स हार्ट यु–१३ छात्र जुनियर क्रिकेट लिग–२ को उपाधि नजिक पुगेको छ । प्याट्रियोटिकले टस जितेर जिएचसीए बीलाई ब्याटिङको निमन्त्रणा दिएको थियो ।

जिएचसीए बीले निर्धारित ७ ओभरको खेलमा ७१ रन बनाउन सफल भयो । बिष्फोट ब्याटिङक गरेका बंशी क्षेत्रीले २४ बलमा ४६ रन बनाए भने गोकुल अधिकारीले पनि १२ बलमा १७ रनको योगदान दिए ।

प्याट्रियोटिकको बलिङ दिनेश राजबंशीले २ ओभरमा ११ रन खर्चेर १ विकेट लिएका थिए । जितका लागि ७२ रनको लक्ष्य पाएको प्याट्रियोटिक क्रिकेट ट्रेनिङ सेन्टर ७ ओभर खेल्दै ४ विकेटको क्षतिमा मात्र ५३ रन जोड्न सक्यो । प्याट्रियोटिक लागि उज्वल काफ्लेले २५ बलमा सर्वाधिक २५ रन बनाएका थिए । परिचय ढकालले उत्कृष्ट बलिङ गदै १ ओभरमा ११ खर्चेर २ विकेट लिएका थिए ।

अन्तिम लिग खेलमा पराजयका बावजुद झापाको प्याट्रियोटिक क्रिकेट ट्रेनिङ सेन्टर बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्याट्रियोटिक समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । सो समूहबाट नेक्सस उपविजेता हुँदै सेमिफाइनलमा पुग्यो । प्याट्रियोटिक र नेक्ससले समान २ खेल जितेपनि रनरेटका आधारमा प्याट्रियोटिक समूह विजेता बन्यो ।

एन्जल्स हार्ट नेसनल स्कुल र एन्जल्स हार्ट माविद्वारा संयुक्त आयोजित प्रतियोगितामा एन्जल्स बी ले प्याट्रियोटिकलाई ८ विकेटले पराजित ग¥यो ।

पहिले ब्याटिङ गरेको प्याट्रियोटिकले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै ११२ रन जोड्यो । सक्षम अर्यालले ३५ तथा हिमान्शु गिरीले ३१ रन जोडे ।

जवाफमा एन्जल्स बीले १३.३ ओभरमा २ विकेट क्षतिमा आवश्यक ११३ रन जोड्यो । निशान गुरुङले ६४ तथा पुन्जल घिमिरेले २२ स्कोर गरे । निशान ‘म्यान अफ द म्याच’ घोषित भए । उनले २ विकेट पनि हात पारे ।

यससंगै सेमिफाइनल समीकरण पनि तयार भएको छ । सेमिफाइनलमा प्याट्रियोटिकको भेट जीएचसीए ‘बी’ संग हुने छ भने नेक्ससले ओसिस विरुद्ध खेल्ने छ । दुवै सेमिफाइनल बिहीबार हुने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...