ट्राइ सिरिजः नेपाल र नेदरल्याण्डसको उपाधि भिडन्त तय

काठमाडौं (खेलदैनिक) । घरेलु मैदानमा जारी ट्राई नेशन्स सिरिज अन्तर्राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा आयोजक नेपाल र नेदरल्याण्डस भिड्ने भएका छन् ।

बुधबार भएको लिग चरणको खेलतर्फ नेदरल्याण्डस र मलेसियाबीचको खेल टाई भएपछि नेपालले एक खेल खेल्नु अघि नै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

बुधबार डच टोली र मलेसियाबीचको खेल पटक–पटक बर्षाले बिथोलिए पछि डक वर्थ लुइस नियमका आधारमा खेल टाई गरिएको थियो । बुधबारको नतिजापछि ४ खेलबाट ५ अंक जोडेको नेदरल्याण्डस शिर्ष स्थानमा छ ।

तीन खेलबाट ४ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ र बिहीबार लिग चरणको अन्तिम खेलका रुपमा मलेसियासँग खेल्दैछ । बिहीबारको खेलमा नेपालले जित हात पारे शिर्ष स्थानमा उक्लिदै समूह विजेता बन्नेछ ।

१ अंक मात्र जोडेको मलेसिया भने पुछारमा छ र सिरिजबाट बाहिरिएको छ । सिरिजको फाइनल खेल भने यहि बैशाख ११ गते शनिबारका दिन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...