अन्तर्राष्ट्रिय क्रिकेटममा कुशलले बनाए विश्व किर्तिमान

काठमाडौं (खेलदैनिक) । घरमै जारी ट्राई नेशन्स सिरिज अन्तर्राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा नेपालका युवा ब्यासम्यान कुशल भुर्तेलले विश्वकिर्तिमान बनाएका छन् ।

शनिबारदेखि शुरु सिरिजको उद्घाटन खेलमा नेदरल्याण्डस विरुद्ध खेल्दै अन्तर्राष्ट्रिय टि–२० क्रिकेटमा डेब्यु गरेका कुशलले एक दुर्लभ विश्वकिर्तिमान आफ्नो नाममा गराएका छन् ।

अर्थात अन्तर्राष्ट्रिय टि–२० क्रिकेटमा लगातार तीन अर्धशतक बनाउने उनी पहिलो र एक मात्र ब्याटसम्यान बनेका छन् । मंगलबार नेदरल्याण्डस विरुद्ध नेपालको तेस्रो म्याचमा भुर्तेलले ६२ रन बनाएका थिए ।

भुर्तेलले यसअघि पहिलो म्याचमा पनि नेदरल्याण्डस विरुद्ध ६२ तथा दोस्रो खेलमा मलेसिया विरुद्ध ६१ रन बनाउँदै अर्धशतक पूरा गरेका थिए । मलेसिया विरुद्ध भने उनले नटआउट पारी खेलेका थिए ।

स्मरण रहोस, टि–२० अन्तर्राष्ट्रिय क्रिकेट शुरु भएको १६ बर्ष भन्दा बढी भइसके तापनि अहिलेसम्म कुनै ब्याटसम्यानले आफ्नो डेब्युपछि लगातार तीन अर्धशतक बनाउन सकेका थिएनन् । जुन दुर्लभ विश््रवकिर्तिमान नेपालका कुशल भुर्तेलले बनाउन सफल भएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...