ट्राई नेशन्स सिरिजमा मंगलबारदेखि दर्शकलाई प्रवेश निषेध (प्रेस विज्ञप्तीसहित)

काठमाडौं (खेलदैनिक) । किर्तिपुरमा जारी ट्राई नेशन्स सिरिज अन्तर्राष्ट्रिय टि–२० प्रतियोगितामा मंगलबारदेखि दर्शकहरुले खेलमैदानमा उपस्थित भएर म्याचको मजा लिन नपाउने भएका छन् ।

हाल देशमा कोभिड–१९ संक्रमणको त्रास फेरि बढ्न थालेपछि नेपाल सरकारको सोमबार बसेको मन्त्री परिषद्को बेठक २५ जना भन्दा बडीको भिडभाड नगर्न, खेलकुद गतिविधीहरुमा दर्शकहरुको उपस्थिति नगराउन आदेश जारी गरेपछि सो निर्णय गरिएको क्रिकेट एसोसिएशन अफ नेपाल (क्यान) ले प्रेस विज्ञप्ती जारी गर्दै जानकारी गराएको छ ।

साथै क्यानले यो निर्णयसँगै आम क्रिकेट समर्थकहरुमा पर्न गएको असुविधाप्रति क्षमा समेत मागेको छ । सिरिजतर्फ अब फाइनलसहित चार खेलहरु हुन बाँकी छन् । नेपालले मंगलबार नेदरल्याण्डससँग खेल्दैछ । आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्डसलाई ९ विकेटले हराएको थियो ।

साथै सोमबार भएको आफ्नो दोस्रो खेलमा पनि नेपालले मलेसियामाथि ९ विकेटको जित दर्ता गरेको थियो । सिरिजमा सहभागि तीन टोलीहरुबीच हुने लिग चरणको खेलपश्चात् शिर्ष दुई टोलीले उपाधिका लागि फाइनल खेल्नेछन् । फाइनल बैशाख ११ गतेका दिन हुनेछ ।

प्रेस विज्ञप्ती


प्रतिक्रिया दिनुहोस

Loading...