यु–१३ स्कुल क्रिकेटः नेक्सस र जीएचसीए विजयी

काठमाडौं (खेलदैनिक) । नेक्सस क्रिकेट एकेडेमी र जीएचसीए ‘बी’ ले यु–१३ एन्जल्स हार्ट नेसनल स्कुल छात्र जुनियर क्रिकेट लिग– २ मा शनिबार जित हात पारेका छन् ।

नेक्ससले आयोजक एन्जल्स हार्ट नेसनल ‘बी’ लाई ४ विकेटले पराजित ग–यो । पहिले ब्याटिङ गरेको एन्जल्सले १६ ओभरमा ८ विकेट गुमाइ ८९ रनको योगफल खडा ग¥यो । सौगात न्यौपानेले २९ तथा स्वप्निल ऐरीले ८ रन जोडे । जवाफमा नेक्ससले १४.२ ओभरमा ६ विकेट क्षतिमा ९१ रन बनायो । देभास भुसालले १६ तथा जेस सराटले १४ रन बनाए ।

जीएचसीए ‘बी’ ले अर्को आयोजक एन्जल्स हार्ट माविलाई ९ विकेटले हरायो । एन्जल्सले १३ ओभरमा अलआउट हुनुअघि ५९ रन जोड्यो । सक्षम श्रेष्ठले १७ तथा अंकित खड्काले ८ रन जोडे । जीएचसीए ‘बी’ ले ५.२ ओभरमा १ विकेट गुमाउदै ६१ रन बनयो । गोकुल अधिकारीले ३३ तथा सार्थक विष्टले १२ रन जोडे ।


प्रतिक्रिया दिनुहोस

Loading...