एसीसी इमर्जिङ कप : नेपालको हङकङविरुद्ध प्रतिष्ठाको खेल

७ चैत्र / बंगलादेशमा जारी एसीसी इमर्जिङ कपको समूह चरणबाटै बाहिरिसकेका नेपाल र हङकङबीच प्रतिष्ठाको लागि खेल भइरहेको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ६ विकेट तथा दोस्रो खेलमा आयोजक बंगलादेशसँग ८३ रनले पराजित भएको थियो।

शेख कमल इन्टरनेशनल स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि हङकङले पहिले ब्याटिङ गरिरहेको छ। पहिलो खेलमा बंगलादेशसँग ८ विकेटको हार बेहोरेको हङकङ दोस्रो खेलमा पाकिस्तानसँग ४४७ रनको फराकिलो अन्तरले पराजित भएको थियो।

यसअघि सन् २०१३ मा सिंगापुरमा भएको इमर्जिङ कपमा नेपालले समूह चरणको तिनवटै खेलमा पराजय भोगेको थियो। त्यसैले पनि हङकङ विरुद्धको खेल नेपालको लागि विशेष रहेको छ।


प्रतिक्रिया दिनुहोस

Loading...