एमएम कपका लागि एक्सन स्पोर्ट्ससंग सम्झौता

काठमाडौं (खेलदैनिक) । एमएम कपका लागि डिजिटल राइट्स र प्रत्यक्ष प्रशारणका लागि एक्सन स्पोर्ट्स सञ्चालन गर्दै आएको ओइपीएलसंग सोमबार सम्झौता भएको छ ।

आयोजक एमएम कपका निर्देशक विप्लव घोष र ओइपीएलका अध्यक्ष दयाराम पाण्डेले आगामी ३ संस्करणका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

एक दिवसीय एमएम कप क्रिकेटको तेश्रो संस्करण यसपटक कीर्तिपुर क्रिकेट मैदान र मुलपानी क्रिकेट रंगशालामा बैशाखा २५ गतेदेखि सुरु हुँदै छ ।

पछिल्लो दुई संस्करण सुनसरीको इनरुवामा भएको थियो । एमएम कपमा सातै प्रदेश र ३ विभागीय गरी १० पुरुष टोलीको सहभागिता रहने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...